समाचार

माेतिराम भट्टकाे जन्म जयन्ती

भदौ १७ साेमबार
काठमाडौ । आजकै दिन नेपाली साहित्यका हस्ति माेतिराम भट्टलाई पनि समरण गरिन्छ। उनको जन्म १९२३ भाद्र २५ कृष्ण अौसीका दिन भएको थियो । उनी नेपाली श्रृङ्गारीक रस साहित्यमा कलम चलाउने व्यक्ति हुन । उनका थुप्रै श्रृङ्गार लिला सम्बन्धि गजलहरु नेपाली साहित्यमा पढ्न पाइन्छ ।

काठमाडौकाे भाेसीमा जन्मिएका भट्ट राणा खान्दानकाे संगतले दरबार हाइस्कुल पढने मौका पाएका एक व्यक्त हुन ।उनी ६ वर्ष हुँदा बुबा अामासँग बनारश जाने अबसर पाएका थिए र उनले त्यहि उर्दु भाषाकाे गहिराे अध्यायन गरे । नेपाली र संस्कृत साहित्यमा दख्खल राख्ने भट्टले उर्दु साहित्यकाे राम्रो अध्यायन गरेका छन । उनकाे साहित्यमा उर्दु साहित्यकाृ प्रभाव देखिन्छ ।

कुमाउगढका पंण्डित दयाराम भट्टका छाेरा माेतिरामले नेपाली साहित्य जगतमा ठुलाे क्रान्ति ल्याएका छन् । उनी र भानुभक्त आचार्य समकालीन साहित्यका पर्यायवाची मानिन्छन। उनले भानुभक्तका लेखनहरुलाई नेपालीमा उल्था गरेका थिए। भानुभक्तको जिवनी लेख्ने पहिलो व्यक्त उनै भट्ट हुन । उनले उर्दु भाषामा नाटक पनि लेखेका छन् ।

नेपाली भाषा – साहित्यलाई मलजल गरिरहेका भट्टकाे ३० वर्षकाे कलिलो उमेरमा असामहिक निधन भएको थियो । उनकाे निधनले नेपाली साहित्य जगतमा ठुलाे क्षति भएको अनुमान गरिन्छ। उनकाे निरन्तर उपस्थितिमा नेपाली साहित्यले फडकाे मार्न सक्ने थियो भन्ने विद्वानहरुकाे भनाइ रहेको छ।

उनले नेपाली भाषाकाे पहिलो मासिक पत्रिका गाेर्खा जिवनकाे प्रकाशन र व्यबस्थापन गरेका थिए। साे पत्रिका बनारसबाट निस्कने गरेको थियो । उनले मनाेवेग प्रबाह ,गजेन्द्र माेक्ष, प्रल्हाद भक्ती जस्ता कृतिकाे रचना गरि नेपाली साहित्यमा गुण लगाउनुका साथै भट्टका अन्य फुटकर रचनाहरु पनि छन् ।

नेपाली श्रृगार साहित्यकाे प्रबर्दक भनेर माेतिराम भट्टलाई चिन्ने गरिन्छ। आजकाे दिनलाई भट्टकाे सम्झनामा विभिन्न साहित्यक कार्यक्रमहरु गरी माेति जयन्ती मनाइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *