समाचार
मिश्रकाे व्याङ्ग्य : दुई दल मिले पछि देशमा कायापलट हुन्छ

१ साउन , २०८१
काठमाडौ । “प्रतिगामी विचारधारा राख्ने नेतृत्व र दलहरुले देशमा परिवर्तन दिन सक्दैन भन्ने भाष्य निर्माण गर्दै जनतालाई झुक्याइरहेका ठुला राजनीतिक दल मिलेर सरकार बनाएपछि साँच्चै विकास र समृद्धि आउने छ। अबका दिनमा हरेक अबरोधलाई चिर्न संविधान संशाेधन गरेर काम गर्ने वातावरण बन्ने छ। देशले दिन रात नभनि विकासमा फड्को मार्ने विश्वास जनताले लिएका छन्। ” यो भनाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रकाे हो ।
उहाँको सामाजिक संजाल फेसबुक मार्फत भिडियोमा बाेल्दै ठुला राजनितीक दल मिलेर सरकार बनाएपछि हरेक परिवर्तन संम्भव हुने भन्दै व्यङग गर्नु भएको छ। अबका दिनमा सरकारले भ्रष्टाचारीलाई कार्वाही गर्ने छ। जाे जाे सार्वजनिक केशमा मुछिएका छन् ती जेल जाने छन् । हरेक कार्यालयमा हुने कर्मचारी राजनीति सेलाउने छ। किनभने कर्मचारीले गठन गरेका राजनीतिक संगठनहरुलाई कानुन बनाएर भएपनि नियन्त्रण गर्ने छन् ।
आगामी दिनमा देशले काँचुली फेर्ने भएकोमा खुशी हुदै मिश्रले नेपाली काङ्ग्रेस र एमालेकाे गठबन्धन सरकारलाई शुभकामना दिनु भएको छ। उहाँले ,विदेशीमा रहेका नेपालीले मतदान गर्ने अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गर्नु भएको छ। उहाँका अनुसार ५० लाख नेपालीले मततदान गर्ने अधिकार पाएभने साना दललाई हाेइन,एमाले काङ्ग्रेसलाई नै फाइदा हुने छ।
हिजो अर्को दलले काम गर्ने दिएन भन्दै आराेप लगाउनेहरुलाई अब कसैले राेक्ने छैनन् । मिश्रले व्याङ्गात्मक शैलीमा भन्नुभएको छ, ” धमिजा , भुटानी शरणार्थी , ललिता निवास , बाल मन्दिर , सुन काण्ड, क्यान्टोनमेन्ट, गिरिबन्धु कुनै पनि अनियमितताका काण्डलाई राेक्न र तिनका नाइकेलाई कार्वाही गर्न कसैले अबरोध गर्ने छैन । उहाँले मिति नै ताेकेर अबको तीन वर्षमा देशमा कायापलट हुने ठाेकुवा गर्नु भयो ।
