समाचार
हिन्दु धर्मकाे संरक्षण सरकारी तहबाटै हुनुपर्छ : अध्यक्ष अधिकारी

२०८१ बैशाख, २७
काठमाडौ । विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष रामचन्द्र अधिकारीले हिन्दु धर्म रक्षाकाे निम्ति राज्यले भूमिका खेल्नु पर्ने बताउनु भएको छ। बिहिवार बानेश्वरमा विश्व हिन्दु युव संघ नेपालले गरेको एक कार्यक्रममा सम्बाेधन गर्दै अध्यक्ष अधिकारीले नेपालमा हिन्दु धर्म प्रती बढदै गएकाे आन्तरिक तथा बाह्यय आक्रमण राेक्न सरकारले पहल गर्नु पर्ने बताउनु भएको हो ।
उहाँले भन्नू भयो,” देशमा धर्म निरपेक्षता लागू भए पछि सनातन हिन्दु धर्म प्रती श्रृङखलावद्द तथा सुनियाेजित आक्रमण सुरु भएको छ। धर्म संरक्षण गर्न अबका दिनमा सम्पुर्ण ओमकार परिवार एक हुनु पर्न समय आएको छ। साथै सरकारले पनि हिन्दु धर्म विपरीत हुने गतिविधि राेक्न पहल गर्नु पर्छ । ” उहाँले सनातन धर्मावलम्बी एक नभए धार्मिक संकट बढदै जाने धारण व्यक्त गर्नु भएकाे छ।
कार्यक्रममा विश्व हिन्दु युवासंघ नेपालका केन्द्रीय सल्लाहकार डि. पि. आत्रेयले नेपालकाे हिन्दुत्व समाप्त पार्ने सके त्रिकाेणाकार राष्ट्रिय झण्डाकाे अस्थित्व समाप्त पार्न सकिने भन्दै विदेश तत्वहररुले चलखेल गरिरहेकाे खुलासा गर्नु भयो ।
उक्त संघ अन्तर्गतकाे गाेरक्ष प्रालिका अध्यक्ष खगेन्द्र गौतमले गौ रक्षाकाे उदेश्य र महत्त्व बारे प्रस्ट्याउनु भएको थियो । यस्तै अध्यक्ष ऋषिकेशजंग शाहले युवा स्वराेजगारलाई ध्यानमा राखेर संस्थाले गतिविधि गर्ने गरेको बताउदै युवाहरुलाई विश्व हिन्दु युवा संघ नेपालमा जाेडिन अब्हान गर्नु भएको थियो ।
कार्यक्रममा पर्यटन ब्यवसायी हरि मैनाली ,संस्थाका सल्लाहकार डा सुरेन्द्र रेग्मी , तन्त्र विधाका ज्ञाता उत्तम बज्राचार्य , विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने विद्वान ,समाजसेवी ,युवा ,ब्यवसायी आदिकाे उपस्थिति रहेको थियो ।