अ+
अ
अ-
रामेश्वर आचार्य
यादहरुले छुट्टी मनाउदैनन्
सम्झाई रहे
झस्काई रहे
बसन्तका पात र फुलहरु झै
कोमल यादका ती भण्डारहरु
कहिल्यै रितिएनन् ।
गुरासका सुगन्धहरुझै मनले साँचेका
यादका ती सँगालोहरु कहिल्यै सिद्घिएनन् ।
पोखरीले पालेका माछा अनि हिमालले साँचेका
हिउका सम्झनाहरुमा तिमि जस्तै आकृति भेटिन्छन्
प्रिय मान्छे
तिम्रा यादका गाथाहरु एकदिन अबष्य एउटा कहानी बन्नेछन ।
तर बिडम्बना
आजकल तिमि हराएकी छौ
भेटिने न टुङ्गो छ ,न तरिका
तर पनि तिम्रा यादहरुले निरन्तरता दिई रहेका छन मेरा मस्तिष्कहरुमा ।
तिमिले नसम्झे पनि विपनामा
तिमि नआएपनि सपनिमा
तिम्रा यादहरु बारम्बार आउछन अचेल
किनकी यादहरुले छुट्टी मनाउदैनन् ।
रामेश्वर आचार्य , काभ्रे


