बिचार/ब्लग

शनिबारीयमा कवि निर्भीकजंग रायमाझीकाे कविता :- आँखामा च्छाेराेल्पा

आँखामा च्छाेराेल्पा

कवि :- निर्भीकजंग रायमाझी

यसरी बसेकाे छ मेराे
आँखामा च्छाेराेल्पा ।

नथामिएर परिधि
बग्ने छ वेगले एकदिन
बैसालु गालामा पहिराे भएर ।

यसैले नचलाउन कसैले यहाँ
मेरा मनकाे तलाउ
र छाल जुधाएर फेरि
आगाेकाे मुस्लाे नजलाऊ!

टिलपिल छ यसरी
आँखामा छाेराेल्पा !

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *