समाचार
गौरी पार्वतीले धुलिखेल – खावा सडक नबनाएपछि जिसस प्रमुख गौतमको अनशन सुरु

फाल्गुन ११ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । जिल्लाको धुलिखेल–खावा सडक खण्डमा निर्माण ब्यबसायीका कारण सडक निर्माण सप्पन्न नहुने भएपछी जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले आजबाट आमरण अनसन शुरू गर्नुभएको छ ।
उहाँले शुक्रबार २:३० बजेदेखि अरनिको राजमार्ग स्थित खावामा अनसन सुरु गर्नुभएको हो । धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलोमिटर सडक विस्तारको काम सम्झौता अवधि यही चैत १९ गते सकिदैँछ । सडक निर्माण कम्पनीले २०७९ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।
प्रमुख गौतमले यसअधि नै निर्माण कम्पनीलाई दबाव सिर्जना गर्दै आउनुभएको थियो । दबाबकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचखाल नगरपालिकाकाे एक कार्यक्रममा आएका बखत ज्ञापनपत्र समेत बुझाउनुभएको थियो ।
तर निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रा.लिले नै सडक विस्तारमा अवरोध गर्दै आएपछि तोकिएको समयमा काम पूरा नहुने भएको छ । सम्झौता मिति सकिन जम्माजम्मी एक महिना मात्रै बाँकी हुँदा अहिलेसम्म एक तिहाई पनि काम सम्पन्न भएको छैन ।
