समाचार
नेकपा एस सुनसरी काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा भीम भुजेल

फाल्गुन ६ आइतबार ,२०८०
काठमाडौं । नेकपा(एकीकृत समाजवादी) सुनसरी-काठमाण्डू सम्पर्कमंच को १४ औ ज़िल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। १४ औ ज़िल्ला सम्मेलन आयोजक कमिटीका संयोजक क. रमेश आचार्यका अनुसार सम्मेलन लाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न ग़रिएकाे थियो । ।
उदघाटन सत्रमा प्रमुख अतिथिको रुपमा नेकपा(एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटी इंचार्ज क.विजय गुरुंगले सम्बोधन गर्नु भयो । विशिष्ट अतिथिको रुपमा पार्टी केन्द्रीय सदस्य तथा कोशी प्रदेश इंचार्ज क.अम्बिका थापा र सम्पर्क विषेस प्रदेश कमिटी उपसचिव क.केशर अधिकारीले सम्बोधन गर्नु भयो तेसै गरी अतिथि को रुपमा केन्द्रीय परिषद सदस्य दुर्गा प्रसाद आचार्य,सम्पर्क विशेष प्रदेश कमिटी सदस्य .बाबुराम खड़का,प्रदेश कमिटी उपसचिव टेक ब. गुरुंग र खोटाँग-काठमाण्डू सम्पर्कमंचका अध्यक्ष अर्जुनभक्त राईले पनि सम्बोधन गर्नु भएको थियो
उदघाटन सत्रको समापन सम्मेलन आयोजक कमिटीका अध्यक्ष रमेश आचार्यले बन्द सत्रका लागी केशर अधिकारी को अध्यक्षतामा दुर्गा आचार्य र बाबुराम खड़का सदस्य रहने गरी तीन सदस्यीय अध्यक्ष मण्डल घोषणा गर्दै आयोजक कमिटी विघटन भएको घोषणा गर्नु भयो। त्यसै गरी बंद सत्रमा निवर्तमान अध्यक्ष रमेश आचार्यले प्रस्तुत गर्नु भएको राजनैतिक तथा संगठनिक प्रतिवेदन र कोषाध्यक्ष रमेश दाहालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पास गरिएको छ।
निर्वाचन प्रक्रियाबाट निर्विरोध भीम भुजेल अध्यक्ष,भोजराज घिमिरे उपाध्यक्ष,रमेश दाहाल सचिव ,विभूषणजंग पौड़ेल र सुनीलबाबु केशी उप सचिब,सुमन अधिकारी कोषाध्यक्ष , सदस्यहारूमा सूर्य राई,हरी ब श्रेस्ठ,जेनेश श्रेस्ठ,अम्बिका सुब्बा,सबीना पराजूली,सौरब आचार्य,मुनिराज कोईराला,तबरेज आलम अन्सारी,आतिफ़ अहमद,मंजु पोखरेल कोईराला,कुमारी महत,बिकाश यादब,अनामिका सुब्बा गरी १९ सदस्यिय कमिटी निर्बाचित भएकाे छ । नवनिर्वाचित कमिटीलाई कोशी प्रदेश सम्पर्ककमिटी इंचार्ज अम्बिका थापाले शपथग्रहण गराउनु भएको थियो ।



