वेराेजारकाे पीडा :- सकुशल आमालाई भेट्न पाउँ

+
-

विजय तामाङ

काठमाडौ ।  विदेश जानू हरेक नेपालीको रहर भन्दा पनि बाध्यता भएको सबैमा सर्वविधितै छ। तर केही हप्ता अगाडि एक युवाले राेजगारीकाे सिलसिलामा देश छाेडे । उनले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल छिर्नु अगाडि फेसवुकमा स्ट्याटस लेखे ,” न रहरले याे कदम अगाडी चालिएको हो ,  न बेखुसी र वियोगको पीडाले रोकिन्छ ! यो फेसवुक स्ट्याटसकाे पहिलो हरफ थियो ।  “

आज भाेलि विदेशिने हरेक नौजवानले केही न केही पीडाकाे भावना सामाजिक संजालमा राखेकै हुन्छ । उसदिन यो स्ट्याटस लेख्ने युवा हुन काभ्रे भुम्लु ७ का विजय तामाङ । उलले थप लेखेका छन् ,” मेरो देश जसलाई म सदा आफ्नो सिरमा राखेर हिड्छु र असाध्यै माया गर्छु । तर विडम्बना मैले माया गर्ने देशको वर्तमान अवस्थाले बाध्य भए प्राण भन्दा प्यारो जन्म भूमिलाई छाेड्न बाध्य भएको छु ।  ए आमा गए हैं !  म तिम्रो यो प्यारो र न्यानो काख छोडेर त्यो विरानो मुलुक जाँदै छु , जहाँ आफ्ना भन्ने काेहि छैनन्। आमा  न तिमी हुन्छौं ,न आइया भन्दा ओहो बिचरा भन्ने नै कोही हुन्छ ।

लामाले आमा र प्रकृति समान हुन भन्दै , ए प्रकृतिको सुन्दर रूपहरूमा सजिएको मेरी आमा तिमीले कस्ता कस्ता सन्तानकाे जन्म दियौं , हगि ? भनी साेधेका छन् । र नेपाली नेताहरु प्रती व्यङ्ग्य गर्दै , कोही तिम्रो काखमा लुटिबुटी गर्दै तिम्रो अस्तित्व लुट्छन्, बेच्छन् र आफ्नो स्वार्थको लागि तिम्रो इमान र स्वाधीनता बेच्न लागिपरेका छन् भनेका छन । अनि हामी तिम्रो अर्को सन्तति जो तिम्रो न्यानो काखमा रमाउँदै आफ्नै परिवार सँग दुई छाक मिठो- मसिनो खाँदै रमाउन चाहन्छौ तर विडम्बना त्यो दिन कहिल्यै आएन ।”

खराव प्रवृति भएकाहरु प्रती असन्तुष्टि पाेख्दै उनी थप लेख्छन् ,” तिम्रा केही नालायक कुपुत्रहरु , देशको ठूला नेता कहलिएका छन्, देशको बागडोर समाहली रहेका छन् तर ती सबै चाेर बनिसकेका छन ।  ती चोरहरूले बाध्यताहरु यसरी काँधमा थपि दिएकी, त्यो भारलाई थेक्न तिम्रो काखले पनि सकेन भने मैले कसरी सकौला ।  केही समयलाई अरुकै छत्रछाँया र काखको सहारा लिनै पर्नेभएकाे छ । तर मलाई थाहा छ तिम्रो जस्तो प्यारो र सुन्दर त्यो काख कहि हुने छैन भनेर । “

पर्देशिनु परेको पीडा हुँदा हुँदै कतै बाकसमा फर्कनु पर्ला कि भनी चिन्ता व्यक्त गरेका छन् । उनलेे लेखेका छन , मलाई डर छ ।  तिम्रो यो छोरो तिम्रो पाउमा , तिम्रो काखमा रमाउन पाएन।  कहि कतै  अघि नै अरूको काखमा नै अन्तिम श्वास फेर्छ् की भन्ने पिडाले सताउँछ।  किनकि मलाई दुख्दा , मलाई गाह्रो हुँदा न त्यहाँ तिमी हुनेछौं न तिम्रो काख नै !

आमा मलाई ” त्यो चार कोठे अँध्यारो, किलाहरुले ठोकिएको, काठको बाकसमा तिम्रो काखमा फर्कनु छैन । मलाई त तिमी र तिमीसंगको मिलनमा खुशीले रमाएका नयनहरु र उमङ्गले भरिपुर्ण जोसिलो छोराको रूपमा तिम्रो सामु फर्कनु छ । हिजोको दिनहरुमा झैँ सधैं तिम्रो माया र आशीर्वाद यो छोरा माथि राखिराख्नु है ? आमा ।

(तमाम वैदेशिक यात्रामा रहनुभएकाहरु प्रती समर्पित )