खेलकुदले बालबालिकाकाे आत्मविश्वास बढाउँछ :- मन्त्री लम्साल

+
-

पुस ६ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले मण्डनदेउपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोताको उद्घाटन गर्नुभएको छ । पुस ८ गते देखि संचालन हुने नगरस्तरिय  प्रतियोगिताकाे मन्त्री लम्सालले शुक्रबार एक समारोहबीच  उद्घाटन गर्नु भएको हो ।

उदघाटन समारोहलाई सम्वाेधन गर्दै मन्त्री लम्सालले नगरपालिकामा व्यवस्थित खेलमैदान निर्माणका लागि आवश्यक बजेटको ब्यवस्थापन गर्ने बताउनुभएको छ । उहाँले भन्नू भयो ,” बालबालिका भाेलिका राष्ट्रिय खेलाडी हुन्, साथै भविष्यमा  विभिन्न क्षेत्रमा याेगदान गर्ने पनि बालबालिकाहरु भएकोले उनिहरुकाे शारीरिक र मानसिक स्वास्थ अवस्था राम्रो बनाउन खेलकुदकाे भूमिका रहन्छ। ” खेलकुदले उनिहरुकाे वृद्धि विकास हुनाकाे साथै आत्माविश्वास बढाउने दावि गर्दै मन्त्री लम्सालले बालबालिकालाई खेलकुदमा प्रत्साहन गर्नु पर्ने र खेलकुद मैदानकाे उचित व्यवस्थापनमा आफुले पहल गर्ने प्रतिवद्दता व्यक्त  गर्नु भएको छ।

पुस ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालय गरी १७ वटा विद्यालयका खेलाडी सहभागी हुने आयाेजक संस्थाले जनाएको छ।  प्रतियोगितामा १ हजार भन्दा बढी खेलाडी सहभागि हुने छन् ।