नेपाल विद्यार्थी संघ र अन्य भातृसंगठनकाे अधिवेशन तुरुन्तै गर्न माग

+
-

सुरज नेपाल ,  पुस,१४
सम्पुर्ण साथिहरुमा न्यानो जय नेपाल , म सुरज नेपाल , नेपाल विद्यार्थी संघको राजनीति गर्छु भन्दै कक्षा ७ देखि विद्यालयमा भयका बिक्रितिहरु हटाउनु पर्छ भन्ने कुरा मनन गर्दै नेविसंघ को राजनीति मा हुमिय, महेन्द्र मा वि धादिङ को इकाई सभापति भयर बिद्यार्थी हरुको हकहितका निम्ति लडे । 

धादिङको पढाइ सकेर उज्वल भविष्य बनाउछु भन्दै काठमाडौ को यात्रा दय गरे काठमाडौ आयर गणेश बहुमुखी क्याम्पस बुढानिलकण्ठ मा भर्ना भय, र त्यहा पनि तमाम साथिभाइको मन जित्दै क्याम्पस इकाई सभापति हुन सफल भय , क्याम्पस इकाई सभापति भयपछि कसैन कसैको साथ चाहिन्छ भन्ने कुरा सोचे र आवश्यकता पनि थियोनै , भर्खरै गाउँ बाट आयको ठिटो , इकाई सभापति  भयपछि गुटबन्दी को राजनीति हुदो रैछ भनेर बल्ल थाहा पाय आफू सोझो म त पाटि र सङ्घठन यउटै हुन्छ भन्ने थियो  ।

तर त्यसो नहुदो रैछ , त कुन टिम त कस्को मान्छे भने हुदोरैछ , मनि त्यसैको सिकार बन्न पुगे र बाध्यता बस कसैको सरणमा परे किनकि क्याम्पस इकाई सभापति राम्रोसँग  चलाउने र विद्यार्थी हरु को समस्या समाधान गर्दै सबैको प्रिय हुने हेतुले लागे, तरपनि मन मा चै के थियो  भने ब्यक्ति भन्दा बिचार संघठन ठूलो हुन्छ भन्ने कुरा मनन गर्दै अघि बढे, तर सबै सग नजिक पन बढाउन खोज्दा कसैको खास नभइने रैछ यहाँ त ब्यक्ति ठूलो हुने रैछ बल्ल राजनीति त्यो बेला बुझे!

म त्यहाबाट राजनीति को शिखार बन्दै गए । दलदलमा फसेको त आभाष छ दै थियो । तर,  निक्लिने हिम्मत रहेन किनकि विद्यार्थी साथिभाइलाइ टुगुरा बनाउने पटक्कै मन थियन , सबै को प्रिय नै थिय कलेजमा , सबैले टिम बाट आउट गरे किनकि म गुटबन्दी  भन्दा नि  संस्था बलियो हुनुपर्छ भन्ने कुरा मनन गर्थे , विद्यार्थी राजनीति गर्दै गइयो सुखदुःख राजनीति केहो भन्ने कुरा बल्ल बुझ्दै थिय ,कसैको नेताको खास भन्दा नि कलेज मा विद्यार्थी को खास बन्नु नै उचित ठाने , तर यहाँ गुटबन्दी को झालो ले सफल हुनै दिएन ।

अहिलेको परिवेशमा पनि  नेविसंघ लगायत अन्य भातृ संघ जसरि पाटिले हस्तक्षेप  गर्दै आयको छ यो विषयमा मा तमान् बिद्यार्थी साथिहरु र अन्य भातृ संघ का अग्रजहरु मा आवाज उठाउन विशेष अनुरोध गर्दछु , सधै भातृ संस्था बन्धक बनायकै कारण अाज काङ्ग्रेसको समानुपातिक मत घट्नु नया पाटिहरु च्याउ उम्रे जसरि उम्रिनु नै भातृ संस्था बन्दक बनायर टिके प्रथा मार्फत संघ चलाउनु को नतिजा हो ।

अहिले नेपाली काङ्ग्रेस का पाटि सभापति शेर बहादुर देउवा ज्यु अग्रसर गरेर तुरुन्त  भातृ संस्थाको अधिबेशन को जोडजाड माग गर्दछु  भातृ संस्था लाई टिके प्रथा भन्दा नि अधिबेशन मार्फत नयाँ  नेतृत्व आउनु पर्छ अनि मात्रै  पाटि बलियो हुन्छ , चुनाव बेला यहि भातृ संस्थाहरु चलायमान बनाउन सकेको भयर ९१सिट नै काङ्ग्रेस ले जित्थ्यो तर अफोसोच यता त जो टिके प्रथा नै छ त्यसैले टिके प्रथा मार्फत संघठन चलाउनु भन्दा नि स्वच्छ अधिबेशन ले सघठन मजबुत हुने कुरा सबै साथिहरु मा पाटिको नेतृत्व मा रहनु भयका सबैलाइ बिशेश आग्रह गरिएकाे छ।

अहिलेका नेविसंघ टिके सभापति  दुजाङ शेर्पा ज्युलाइ पनि बिशेश खबरदार गर्दै मनोमानि ब्यक्तिगत निर्णय नगर्न चेतावनी सहित अधिबेशन गराउन तर्फ उन्मुख हुन अनुरोध गर्दछु हैन भने हामिलाइ टिके प्रथा चाहिया छैन पाटिको नेतृत्व बिरुद्ध सडक अन्दोलन को चेतावनी सहित अधिबेस गरान माग गर्दछु।                                        ( नेपाल नेविसंघका नेता हुन )