अ+
अ
अ-
मकवानपुर — काठमाडौं जाँदै गरेको विद्युतीय सवारीसाधन (ईभी) मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। दुर्घटनामा घाइते भएका बाँकी चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतक तथा घाइतेहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


