अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

+
-

मंसिर,२४
काठमाडौं । नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप को सेमिफाइनलमा प्रवेश गरेको छ ।

लुसेल आइकोनिक स्टेडियममा भएको दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । ९० मिनेट सकिएपछि थप गरिएको ३० मिनेटको खेल २-२ को बराबरीमा खेल पेनाल्टी शूटआउटमा पुगेको थियो ।

राेमान्चक र नाटकिय रुपमा अगाडि बढेको खेलमा अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार पोष्ट बाहिर गएको थियो ।