समाचार
अपाङ्गता भएका महिला विरुद्धको हिंसा , नीतिगत सवलता र न्यायमा पहुँच विषयक गाेष्ठी सम्पन्न

भूमिकला पौडेल ,१२ पुष २०७९
काठमाडौ । अपाङ्गता भएका महिला विरुद्धको हिंसा, नीतिगत सवलता र न्यायमा पहुँच” पुर्याउने उद्धेश्यले राजधानीमा एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
अपाङ्गता भएका महिलाहरू प्रति भइरहेका हिंसा बारे कसरी आवाज उठाउन सकिन्छ र त्यसका लागि नीतिगत रूपमा के कस्ता सवल पक्षहरू छन् तथा आगामी दिनमा कसरी यसलाई अझ सवल बनाउँदै लान सकिन्छ । र , यदि अन्याय भएको खण्डमा त्यसका लागि कसरी न्यायमा पहुँच पुग्न सक्छ भन्ने सम्बन्धमा अधिवक्ता तथा कानुनविदहरू, अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाका प्रतिनिधीहरू, विभिन्न आयोग तथा सरकारी निकायका प्रतिनिधीहरू र उपत्यका भित्रका विभिन्न ६ वटा नगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका सदस्यहरू बिच व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पु¥याउनका लागि आफ्ना–आफ्ना निकायमा के के गर्न सकिन्छ भन्ने विषयमा सचेत गराएको बताउँदै आगामी दिनमा यसका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ र श्रवण–दृष्टिविहीन अभिभावक संघको संयुक्त आयोजनामा सञ्चालित सो कार्यशालालाई अपाङ्गता अधिकार वकालत कोषले सहयोग गरेको थियो । कार्यशालामा ५० जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।
