समाचार
चिकित्सा शिक्षा विधेयकः सत्ता–प्रतिपक्ष मुठभेडतिर

काठमाडौं ११ माघ । चिकित्सा शिक्षा विधेयक संसद्बाट शुक्रबार पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा । त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ ।
मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्साघम्सी र तनावपछि बैठक स्थगित भएको थियो । संसद् सचिवालयले शुक्रबारको बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ ।


