समाचार

नेकपा माओवादी केन्द्र काभ्रेले जारी गर्याे शाेक वक्तव्य

मंसिर, २८

काभ्रेपलान्चोक । काभ्रेको बेथानचाेक गाउँपालिकामा भएको सवारि दुर्घटनामा मृत्यु भएकाहरुमा हार्दिक श्रृद्वान्जलि र घाइतेहरु प्रती स्वास्थ लाभको कामना गर्दै नेकपा माओवादी केन्द्र काभ्रेले शाेक विज्ञप्ति जारि गरेकाे छ ।

माओवादी केन्द्र काभ्रेका संयाेजक भाेला प्रसाद अर्यालले जारी गर्नु भएको विज्ञप्तिमा – “हिजो भएको सवारी दुर्घटनामा परि मृत्यु भएको खबरले हामी शाेकाकुल र स्तब्ध छौ । साथै घटनामा घाइतेहरूको उपचार भइरहेको छ । उहाँहरुकाे स्वास्थ लाभको कामना गर्दछौ भनिएको छ ।”

मृतकका परिवारलाई राहत तथ घाइतेकाे निशुल्क उपचारकाे लागि सम्बन्धित पक्षलाई अनुराेध गर्दै मृतक प्रती श्रृद्वान्जलि र शाेकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलाेस , कामना गर्दछु जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *