समाचार
आज धान्य पूर्णिमा ,उभौली पर्व र यमरी पूजा
मंसिर , २२
आज मंसिर पूर्णिमा हो । आजकाे दिन नेपालका विभिन्न भूगोलमा बसाेवास गर्ने नेपालीले मंसिर पूर्णिमालाई फरक फरक तरिकाले मनाउने गरेका छन् । मंसिर शुक्ल पूर्णिमाकाे दिन पर्ने यस पर्वलाई धान्य पूर्णिमा , उभौलि पर्व र यमरी पर्व पनि भनेर सम्बाेधन गरिन्छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ ।
यसअघि, नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेलासमेत लाग्ने गर्दछ ।
यस पर्वलाई किराँत समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस) काे नाममा मनाउने गर्दछन । यसै अवसरमा किराँत समुदायले साकेला नाच नाच्ने चलन छ ।
यस्तै अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले सबै जातजाति , धर्म , समुदायमा आस्था राख्ने प्रती शुभकामना व्यक्त गर्नु भएको छ ।

