स्वास्थ्य
काभ्रेको महाभारत गाउँपालिकामा रेविज पुष्टि सचेत रहन डा.सेढाईकाे आग्रह

मंसिर ,१९
काभ्रेपलान्चोक । काभ्रेको महाभारत गाउँपालिकामा देखिएको रेविज राेगलाई नियन्त्रण गर्न वडा स्तरबाट सचेतना जाेगाउन आवाश्यक रहेको जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर पुरसाेत्तम सेढाईले आग्रह गर्नु भएको छ।
गत शनिवार सामाजिक संजालमा रेबिज लागेर कुकुर मरेकाे सार्वजनिक भए पछि जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो गतिविधि अगाडि बढाएको थियो । महाभारत गाउँपालिका वडा नम्बर १ र ८ मा दुईवटा गाई मरेको बताईएकाे छ । आज पनि एउटा कुकुर रेविजले मरेको आशंका गरिएको छ ।
रेविज प्रभावित क्षेत्रमा १९ जन मानिसलाई रेविज विरुद्धको खाेेप लगाईएकाे डाक्टर सेढाईले बताउनु भएको छ । साे क्षेत्रकाे लागि १२० डाेज खाेप तयारी अबस्थामा राखिएको छ। उक्त गाउँमा रेविजकाे आशंका भएका स्थानीयलाई रेविज विरुद्धको खाेप लगाउन डाक्टर सेढाईले अपिल गर्नु भयो ।
उक्त क्षेत्रमा स्थानीय तह र पशु स्वास्थ कार्यालयकाे सहयोगमा तिव्र रुपमा काम भईरहेकाे छ। स्थानीय स्तरमा स्वास्थकर्मि र आज विद्यालयका विद्यार्थिहरुकाे सहयाेगमा जनचेतना मुलक र्यालि गरिएको छ
