समाचार

काङ्ग्रेस सहमहामन्त्री पाण्डे बाजुराबाट निर्वाचित

मंसिर,१८

बाजुराबाट प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित हुनु भएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेकपा एमालेका कर्ण बहादुर थापालाई ५ हजार ५४१ मतले पछि पार्दै पाण्डे विजयी हुनु भएको हो ।

पाण्डेले ३१ हजार ७८९ र थापाले २६ हजार २४८ मत प्राप्त गर्नु भएको छ ।बाजुरामा  निर्वाचन पश्चात् मत गणनाकाे सिलसिलामा विवाद भए पछि मत गणना राेकिएकाे थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *