समाचार

राजनितीमा सधैं सफल एक व्यक्तित्व अर्जुननरसिंह के.सि.

काठमाडौ  मंसिर ,१३ । अर्जुन नरसिंह के.सी . जाे यस पटककाे निर्वाचनमा नेपाली  काङ्ग्रेसबाट संघिय सांसद सदस्य निर्वाचित हुनु भएको छ। उहाँको निर्वाचन क्षेत्र नुवाकोट प्रतिनिधि सभा क्षेत्र नम्बर २  रहेकाे थियो ।

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट के.सी.ले २८ हजार १०७ मत प्राप्त गरि सानदार विजय हासिल गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डे र नेकपा एमालेका नारायण खतिवडालाई पराजित गर्दै ५ बर्षका लागि प्रतिनिधि सभा सदस्यकाे यात्रा तय गर्नु भएको हो ।

२०७४ सालकाे निर्वाचनमा नेकपा एमालेका नेता नारायण खतिवडाले १० हजार मतान्तरले के. सी लाई पराजित गर्नु भएको थियो । यस  पटक उनै खतिवडालाई के.सी.ले १२ हजार मत बढी ल्याएर पराजयकाे पैचाे तिर्नु भएको हो।  ७४ मा खतिवडालाई  बामगठबन्धनको सहयोग थियो भने हाल के सी लाई गठबन्धनको साथ रहेको थियो ।

जीवनकाे ७५ अौ  वसन्त पार गर्नु भएका के.सी. २००४ साल असाेज ११ गते बुबा भगवान नरसिंह के.सी.र आमा यसाेदादेविकाे जेष्ठ सन्तानकाे रुपमा जन्मनु भएको थियो । उहाँको जन्म नुवाकोटकाे राउतवेशीमा  भएको हो ।

उहाँले  २०१८ सालदेखि राजनितीमा सकृयताका साथ काम गरिरहनु भएको छ। राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएका उहाँले कानुनको पनि अध्यायन गर्नु  भएको छ । आफ्नो राजनितीक जीवनमा  के.सी ले ६ बर्ष ९ महिना जेल जीवन बिताउनु परेको थियो ।

२०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि पञ्चायत विरुद्धको आन्दोलनमा निरन्तर लाग्नु भयो र पार्टी प्रतिबन्धका वेला कयौंपटक भुमिगत हुने नेता मध्य के.सी. पनि एक हुनुहुन्छ । उहाँले  प्राध्यापक र कानुन व्यवसायि भएर काम पनि गर्नु भयो ।

नेपाली काङ्ग्रेसलाई यहाँसम्म ल्याउन विभिन्न काल खण्डमा के.सी ले महत्त्वपूर्ण भुमिका खेल्नु भएको छ। २०४७ सालदेखि हालसम्म उहाँले जिम्मेवार पदमा रहेर सेवा गरिरहनु भयो ।पटकपटक नेपाली काङ्ग्रेसकाे केन्द्रीय सदस्य साथै पार्टीको प्रवक्तव्य र सहमहामन्त्री हुनु भएको थियो । उहाँले १३ अौ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनु परेकाे थियो ।

नेता के.सी .ले विभिन्न मुलुककाे भ्रमण गर्नु भएको छ। युरोप ,एसिया , अमेरिका ,अफ्रिकी  लगायत ३५ राष्ट्र घुम्नु भएको छ। कला ,साहित्य र संगीतमा रुचि राख्नु हुने उहाँले समय समयमा सान्दर्भिक लेख रचनाहरु लेख्ने र पत्र पत्रिकामा प्रकाशन बुद्धिजीवी नेताकाे पहिचान निर्माण गर्नु भएको छ।

के.सी ले पार्टीको विभिन्न बिभागमा बसेर काम गरिरहदा  सांसद र शिक्षा ,स्वास्थ ,भौतिक याेजना  तथा शहरि विकास मन्त्री भएकाे अनुभव र दक्ष क्षमता रहेको छ ।

काममा दख्खल राख्ने र सिर्जनात्मक रुपमा निरन्तर अगाडि बढने बानिका कारण उहाँले अहिलेसम्म राजनितीक जीवनमा पछाडि फर्केर हेर्नू परेको छैन । र ,पर्ने पनि छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *