समाचार
सुनसरी ३ मा नेकपा एमालेकाे अग्रता विजय कुमार गच्छदार पछाडि

मंसिर ११ , सुनसरी । सुनसरी प्रतिनिधि सभा ३नम्बर क्षेत्रमा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता अर्जुन विजय कुमार गच्छदार मत गणनामा पछाडि पर्नु भएको छ।
गठबन्धनबाट साझा उम्मेदवार तथा पूर्वमन्त्री समेत रहनु भएका गच्छदारले १६ हजार ९६० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी भगवती चौधरीले २१हजार ८११मतले अग्रता कायम गरिरहनु भएको छ।
