समाचार

लालबाबुलाई पराजित गर्दै शेखर काेइराल विजयी

मंसिर,८

काठमाडौं । मोरङ–६ का नेपाली कांग्रेसका शेखर कोइराला आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजारभन्दा बढी मतान्तरले विजयी हुनु भएको छ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेक कोइरालाले पछिल्लो मत परिणामअनुसार ३५ हजार २ सय १३ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी लालबाबु पण्डितले २२ हजार ९ सय २९ मतमा राेकिनु परेको थियो ।  उनीहरूबीचको मत अन्तर १२ हजार २ सय ८४ छ ।

२०६४ मा मोरङ–७ बाट संविधानसभा निर्वाचनमा पराजित भएका कोइराला २०६५ मा भएको उपनिर्वाचनमा विजयी हनु भएको थियो   । त्यसपछि २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी निर्वाचित हुनु भएको थियो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी मोरङ–६ बाट लालबाबु पण्डितसँग पराजित भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *