समाचार

मानवताकाे लागि सहयोग संस्थाद्वारा खेलकुद सामाग्री सहयोग

 

मंसिर ,९ 
काठमाडौं  । मानवताकाे लागि सहयाेग नेपाल संस्थाद्वारा विभिन्न क्षेत्रमा गर्दै आएकाे सहयोगलाई फरक क्षेत्रमा सहयोगी मन लगाएको छ।

मानवताकाे लागि सहयाेग नेपाल संस्थाद्वारा विभिन्न क्षेत्रमा गर्दै आएकाे सहयोगलाई फरक क्षेत्रमा सहयोगी मन लगाएको छ।

यस पटक संस्थाले कृकेटमा रुचि राख्ने मेहनति र जेहेन्दार विद्यार्थीलाई सहयोग गरेको छ। सानैदेखि कृकेटमा रुचि राख्दै एक्सिलेन्ट कृकेट क्लव वालुवाटारमा कृकेट सिकिरहेका अविजित ऐरीलाई संस्थाले खेलकुद सामाग्री प्रदान गरि सहयोग गरेको हो ।

एक्सिलेन्ट क्लवकाे कार्यालयमा क्यानका पूर्व कप्तान पारस खड्काकाे प्रमुख आतिथ्यमा कृकेट सामाग्री हस्तान्तरण गरिए हो । कार्यक्रममा संस्थाका अध्यक्ष मधुसूदन ध्वज खड्का , उपाध्यक्ष भीष्म श्रेष्ठ , सचिव साेनाम घले , काेषाध्यक्ष चिरञ्जीवी अधिकारी र सदस्य सुजना बस्नेत चौलागाईं लगायत संचारकर्मिकाे पनि उपस्थित रहेको थियो ।

कार्यक्रममा क्यानका पूर्व कप्तान पारस खड्काले प्रतिभावान खेलाडीलाई सहयोग गरेर संस्थाले ठुलो गुन लगाएको बताउनु भयो । खड्काले भन्नू भयो ” आगामी दिनमा पनि संस्थाले नव प्रवेशिलाई सहयोग गरिरहने छ भन्ने आशा लिएको छु “। र खड्काले संस्थाका पदाधिकारीलाई धन्यवाद दिनु भएको थियो ।
संस्थाका अध्यक्ष मदुसुदन खड्काले मानवताकाे लागि सहयोग संस्थाले गरिब , जेहेन्दार , प्रतिभावान र विभिन्न क्षेत्रमा दुख पाएका , विरामि , अपांगलाई निरन्तर सहयोग गरिरहने बताउनु भयो 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *