समाचार

एमालेका पूर्व जिल्ला सदस्य सहित २ दर्जन नेता काङ्ग्रेसमा प्रवेश

काभ्रेपलान्चोक । एमाले पूर्व जिल्ला कमिटी सदस्य भुवनकुमार मल्लसहित २५ जना विभिन्न नेता कार्यकर्ताले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मुखैमा एमाले परित्याग गरेका छन् । 

मल्लसहित संगठित सदस्य सोमलाल तामाङ्ग, कृष्ण बहादुर मल्ल, नवराज लम्साल, सरिता तामाङ्गसहित २५ जना एमाले छोड्दै कांग्रेस प्रवेश गरेका हुन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद शिवप्रसाद हुमागाईले टिका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । एमालेमा व्यक्तिवादी र हैकमवादी प्रवृती हाबी भएको, एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार भ्रष्ट्राचारमा लिप्त भएको, ७० करोड टेप प्रकरणमा मुछिएको, कार्यकर्तालाई रुखो बोलेर हेप्ने समेत गरेकोले भ्रष्ट्राचारमा लिप्त गोकुलप्रसाद बास्कोटालाई जिताउन मन नलागेर एमाले परित्याग गरेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *