समाचार

काभ्रेमा दलहरुकाे, चुनावी अभियानमा तिब्रता

काभ्रेमा गठबन्धनको दाेस्राे चरणको चुनावी घरदैलो सुरूवात

काभ्रेमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीको कार्य तालिका अनुसार काभ्रेका १३ वटै पालिकामा तिहार पछिकाे दाेस्राे चरणको घरदैलो अभियान आजबाट सुरु भइरहेको छ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ र नमोवुद्ध नगरपालिका श्यामपाटी बाट लोकतान्त्रिक बाम गठबन्धनको चुनावी कार्यक्रम सुरु भएको छ ।

पाँचखालको चिसोपानीमा कोणसभा गरेर पाँचखाल नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी अभियान सुरु भएको हो ।
पाँचखालमा लोकतान्त्रिक बाम गठबन्धनको यो चुनावी अभियान दोस्रो चरणको हो ।

चुनावी अभियानमा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शिव प्रसाद हुमागाईं र प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्साल सहभागी हुनुहुन्छ ।


त्यस्तै समानुपातिक उम्मेदवार रूकु चौलागाईं, मिना तामाङ र लक्ष्मी दनुवार लगायत सहभागी हुनुहुन्छ । चुनावी अभियानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला, नगरपालिका र वडा स्तरिय नेताहरू सहभागी हुनुहुन्छ ।

यस्तै प्रतिनिधि सभा १, प्रदेश सभा(१) को चुनावी अभियान अन्तर्गत आज नमोबुद्द नगरपालिका स्थित नमोबुद्द गुम्बा र श्यामपाटीबाट सुरु भएको थियो ।

अभियानमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्यमान दोङ् र प्रदेश सभा सदस्य उम्मेद्वार तीर्थ लामाले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिईरहनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *