समाचार
गठबंधनका उमेद्वारलाई टिका लगाएर आशिर्वाद दिदै नागरिक

संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ। उमेद्वारहरुले टोल टोलमा पुगेर मतदाताहरु सँग मत मागि रहनु भएको छ।

घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं २ प्रदेश सभा १ मा बाम लोकतान्त्रिक गठबन्धनका प्रत्यक्ष तर्फका साझा उम्मेदवार लक्ष्मण लम्साल र समानुपातिक उम्मेदवारहरु सहभागी हुनुहुन्छ।
आजको घरदैलो अभियान धुलिखेल नगरपालिकाको ४ र ५ नम्बर वडा केन्द्रित थियो। अभियानका क्रममा टोल टोलमा नागरिकहरूले उम्मेदवारहरुलाइ टिका लगाएर आशीर्वाद दिएका थिए।


