समाचार
भोलि देखि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम सुरुहुने

बनेपा,
भोलि कार्तिक १ गतेदेखि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको मतदाता भेटघाट तथा परिचयात्मक कार्यक्रम सुरु हुने भएको छ।
काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २प्रदेश सभा १मा पर्ने भूगोल हरुमा कार्तिक १ गतेदेखि कार्तिक २२ गतेसम्म बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवारले भूगोलमा रहेका मतदाताहरुसँग भेटघाट तथा परिचय गर्ने र गुनासा सुन्ने कार्यक्रम तय गरिएको छ।
कार्यक्रम हुने स्थान र समयको बारे संयुक्त बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटी ले सार्वजनिक गरेको सूचनामा विस्तृत विवरण प्रस्तुत गरिएको छ।
“आसन्न मंसिर ४को निर्वाचनमा उम्मेदवारहरुले मतदाताहरु सँग भेटघाट गर्ने र परिचय गर्ने कार्यक्रम रहेको छ। आफ्नो भूगोलमा रहेका नेता साथीहरुले सहजीकरण गरि कार्यक्रमलाई भव्यताका साथ सफल पारिदिनु हुन अनुरोध गरिन्छ। संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक प्राणनाथ न्यौपानेले जानकारी गर्नुभएको सुचनामा उल्लेख गरिएको छ।”
