समाचार
गठवन्धनका उम्मेदवारहरुले माटोको कसम खाएका छन्, अब जनताका सुदिन आउनेछन

काभ्रेपलाञ्चोक,
नेकपा ( एकीकृत समाजवादी,)का सचिवालय सदस्य तथा युवा नेता प्राणनाथ न्यौपानेले नेपाली जनता अझैपनि स्वतन्त्रताको लडाईमा संघर्षरत रहेको बताउनुभएको छ।
नेकपा एकीकृत समाजवादीक काभ्रेको बृहत क्षेत्रिय भेलालाई सम्बोधन गर्दै नेता न्यौपानेले अझैपनि निरंकुशता उन्मूलन भई नसकेको बताउनुभएको हो।
यो बाम लोकतान्त्रिक गठबन्धन त्यसै गरिएको होइन , ओली र उनका आसेपासेहरूको निरंकुश तन्त्रका विरुद्ध लडाइँमा नेकपा एकीकृत समाजवादीको सहयात्रि गठबन्धनको हो।
नेपालका परिवर्तनकारी आन्दोलनहरुमा वामपन्थी र लोकतन्त्रवादीहरु एउटै कित्तामा उभिएको इतिहासिक स्मरण गर्दै अहिलेपनि निरंकुशताविरुद्ध उठ्नका लागि वामपन्थी र लोकतन्त्रवादीहरु एकजुट भएको उहाँको भनाइ थियो।
ओली दक्षिणपन्थी भएको आरोप लगाउँदै उहाँले भन्नुभयो “ओलीले आफ्नो समूह खोजेर हिँडिसकेका छन्। उनी निरङ्कुश र दक्षिणपन्थी का पक्षधर हुन् त्यसैले २०६२/६३को आन्दोलन दबाउने कमल थापासँग काँध जोडिरहेका छन्। भुरेटाकुरेहरुसँग रमाउने अोलि गठबन्धनसँग तर्सिएको उहाँको तर्क थियो”
कार्यक्रममा सम्बोधन गर्दै नेता न्यौपानेले नेता-कार्यकर्ताहरुलाई संघीयता, धर्मनिरपेक्षता र न्यायको पक्षमा वकालत गर्न आग्रह गर्नुभयो।
बाम लोकतान्त्रिक गठबन्धनका नेताहरु जिल्लाको माटोलाई रक्षा गर्छु भन्दै कसम खाई रहेका छन् तर विपक्ष प्रतिस्पर्धीहरु ७०करोडको बार्गेनिङ गर्छन्।
त्यसैले डराउने र पुच्छर लुकाउने उनीहरु हुन्, हामीहरुले गर्वसाथ गठबन्धनलाई साथ दिएर अगाडि बढ्नुपर्छ भन्दै गठबन्धनमा भोट हाल्न नेता कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ।
