समाचार
भ्रष्टाचारीलाई भन्दा कलम बोकेर हिँड्न गर्व लागेर आउँछ-शिव हुमागाईं

काभ्रे,
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर (२)का शिव प्रसाद हुमागाईंले कलमसंग आत्मिय सम्बन्ध रहेको बताउनु भएको छ। नेपाली कांग्रेस पाँचखाल नगर कमिटीले गरेको निर्वाचन लक्षित छलफलमा नेता हुमागाईंले उक्त कुरा बताउनुभएको हो।
उहाँले भन्नुभयो – “म काङ्ग्रेस बन्नु भन्दा अगाडि देखि कलमसंग भावनात्मक सम्बन्ध रहेको थियो। फेरि कलम नेविसंघको झण्डामा अंकित चिन्ह भएकाले पनि कलमलाई विषेश माया गर्नु पर्छ”। नेपाली काङ्ग्रेस भन्ने शब्द लेख्न पनि कलम नै प्रयोग गर्न पर्ने भन्दै पाँचखाल नगरका नेता कार्यकर्तालाई रुखमा भन्दा पनि कलममा एक भोट बढी हाल्न अपिल गर्नुभयो।
हामिलाई कसैले कलम बोकेर हिडेको भनेर आलोचना गर्नु बेकार छ , कलमको महत्व जसले बुझेको छ उसले मात्र कलम बोक्ने हो। अर्को एक प्रसङ्गमा भ्रष्टाचारीको नाम कमाएकालाई बोकेर हिँड्नुभन्दा कलम बोक्न पाउँदा गर्व लागेको पनि बताउनुभयो।
निर्वाचनको दिन नजिकिँदै गएकोले जनताको घरदैलोमा पुगेर मत माग्न नसकिएला तर गठबंधनका उमेद्वारहरु आएका थिए भनेर जनतालाई खबर गरिदिन पनि नेता हुमागाईंले वडा कमिटीका अध्यक्षहरुलाई अनुरोध गर्नुभएको थियो।
उक्त छलफल कार्यक्रममा प्रदेशसभाका लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लक्ष्मन लम्सालको पनि उपस्थित रहेको थियो।
कार्यक्रममा काङ्ग्रेसका नेता सुन्दरमणि आचार्य, प्रदेश सभाको सभापति हेम कुमार लामा , वडा कमिटीका सभापति लगायत बुद्धिजीवी, समाजसेवी अादिले चुनावी गतिविधिको बारेमा जानकारी गराएका थिए।
कार्यक्रम पाँचखाल नगरपालिका सभापति संजय लामाको सभापतित्वमा सम्पन्न भएको थियो।


