समाचार

दशैं सधै आँउछ तर गरिबलाई गणतन्त्र अझै आएको छैन -नेता वाइवा

काभ्रेपलाञ्चोक 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मण्डन देउपुर नगरपालिकाका मेयर टोक बाहादुर वाइवाले गरिब, निमुखा र उत्पिडित वर्गको लागि अझै पनि गणतन्त्र नआएको बताउनु भएको छ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको दशै तिहार तथा छठको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता वाइवाले चप्पल लगाउने जनतालाई लोकतन्त्र र गणतन्त्रको अनुभूति हुन नसकेको बताउनु भयो।

उहाँले भन्नुभयो मुल्यवृद्धि भएसँगै बेरोजगारी पनि बढेको छ। आम्दानीको स्रोत छैन, दशै तिहार जस्ता चाडवाड मनाउनु पर्ने बाध्यता छ। उद्योगी, व्यापारी, कर्मचारी, जनप्रतिनिधि र नेताहरुलाई दसैं आयो होला तर गरिबहरुका लागि यो दशै के हो थाहा छैन। यहि प्रसङ्गमा चाडवाडमा धेरै चोरी डकैती हुने भएकाले सबैलाइ सचेत रहन पनि आग्रह गर्नुभएको छ।

कार्यक्रममा शुभकामना दिदै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुले सधैं दशैंमा घर आउन पाउने वातावरण बनाउन लाग्नु पर्ने बताउनुभयो।

उहाँको भनाइ थियो “पेशा,व्यवसाय र रोजगारीका क्रममा नेपालीहरु जो जहाँ भएपनि खुसी साथ परिवारसग बसेर चाडपर्व मनाउने दिनको अपेक्षा गरेको छु। देशमै रोजगारी सिर्जना गरि युवा पलायन रोक्नु आजको आवश्यकता हो। तैपनि देशविदेशमा जहाँ भएपनि सबैमा सुख शान्ति र समृद्धि प्राप्त होस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु “।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्रमुख हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नगरपालिका र गाँउ पालिकाका प्रमुखहरु लगायत काभ्रे जिल्लामा व्यवसायिक पत्रकारिता गरिरहेका संचारकर्मीहरु उपस्थित रहेका थिए।

पत्रकार महासंघ जिल्ला शाखाले गरेको शुभकामना कार्यक्रम मा अग्रज पत्रकारहरु पनि उपस्थित हुनुभएको थियो। उपस्थित सबैले सफल पत्रकारिताको साथै विजया दशमी तथा शुभ दीपावलीको शुभकामना दिनुभएको थियो।

कार्यक्रम पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्री तिमल्सिनाको अध्यक्षतामा भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *