स्वास्थ्य
विद्यार्थीलाई ओपिडी सेवामा छुटको व्यवस्था

काठमाडौं /विद्यार्थीले अब स्वास्थ्य सेवामा ५० प्रतिशत छुट पाउने भएका छन् अनेरास्ववियुले स्वास्थ्य सेवामा छुट गर्न सरकार समक्ष माग राख्दै आएको थियो।
असोज ९ गते बसेको मन्त्रिस्तरीय निर्णयबाट विद्यार्थीलाई सरकारी अस्पतालको ओपिडी सेवामा ५० प्रतिशत छुट हुने निर्णय गरिएको छ। स्वास्थ्य सेवामा छुट पाउनु पर्ने भन्दै अनेरास्ववियुले स्वास्थ्यमन्त्रीलाई भदौ ३० गते स्मरणपत्र बुझाएको थियो।
आर. आर . क्याम्पसमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुका प्रवक्ता मिलन राईले सरकारको निर्णयबाट विद्यार्थीले ओपिडी सेवामा प्रतिशत छुट पाउने भएको बताएका छन्।

