समाचार

एक सय सिट नपाए काङ्ग्रेसमा विद्रोह हुन सक्छ -नेता कोइराला

                  काठमाडौं /    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धनमा कांग्रेसले सय सिटभन्दा कम लिन नहुने बताउनुभएको छ।  विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस एक्लैले जित्ने ठाउँमा अरु दललाई छोड्न नहुने बताउनुभएको हो ।
कांग्रेसले १००सिट दाबी गर्दा बहुमत ल्याउने सम्भावना हुन्छ। त्यो कम संख्या भएमा  सिट नै सुरक्षित नहुने नेता कोइरालाको दाबी छ। उहाँले भन्नुभयो “मैले शेरबहादुर जीलाई पनि भनिसकेको छु ,गठबन्धनबाट  कांग्रेसले दाबी गरे जति सिट नपाए काङ्ग्रेस भित्रै विद्रोह  हुन सक्छ।” प्रदेश र प्रतिनिधिसभामा जित निश्चित भएको ठाउँमा काग्रेसले कसै सँग पनि सम्झौता गर्न नसक्ने भनी प्रचण्डलाई पनि जानकारी गराएको छु , उहाँको भनाइ थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *