समाचार

ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द

एजेन्सी २४ पुस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट कम्तिमा पनि २ साताका लागि बन्द गरिएको छ।

फेसबुकका निर्माता मार्क जुकरबर्गले फेसबुकमा एक स्ट्याटस लेख्दै सो कुराको जानकारी दिएका हुन्।

राष्ट्रपति ट्रम्पलेले आफ्ना उत्तराधिकारी जो बाइडेनलाई शान्तिमय र कानूनी रुपमा कमजोर गर्नका लागि आफ्नो शेष कार्यकालको उपयोग गर्न खोजेको भन्दा उनका दुबै खाताहरु अनिश्चितकालका लागि ब्लक गरिएको बताएका हुन्। उनले यो ब्लक कम्तीमा पनि दुई हप्ता अर्थात सत्ता हस्तान्तरण नभएसम्मका लागि रहने पनि बताएका छन्।

https://www.facebook.com/zuck/posts/10112681480907401

ट्रम्पलाई फेसबुक, इन्स्टाग्रामका साथै ट्वीटरले पनि आफ्नो नियम भङ्ग गरेको आरोपमा हिजो ब्लक गरेको थियो। ब्लक गरिएको १२ घण्टापछि ट्वीटरले अन्तिम चेतावनी दिँदै ट्रम्पलाई पुनः ट्वीट गर्ने अनुमति दिएको छ भने फेसबुक र इन्स्टाग्रामले भने सो ब्लकलाई नै निरन्तरता दिएको छ।

गत बुधबार अमेरिकाको क्यापिटल हिलमा भएको दङ्गको विषयमा आफ्नो सामाजिक सञ्जालमार्फत हिँसा भड्काउने प्रयोस गरेको भन्दै उनलाई यी तीनवटै सञ्जालमा ब्लक गरिएको थियो।-मेरोलगानी/Photo: Agency

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *