समाचार
ठगी मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति जेल चलान
काठमाडौँ- ठगी मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतको २०७३ सालको फैसलाअनुसार एक वर्ष कैद र रु छ लाख २८ हजार जरिवाना तोकिइ फरार भएका काठमाडौँ कीर्तिपुर नगरपालिका– १३ का कृष्ण कुँवरलाई आज कारागार चलान गरिएको हो ।

यसअघि उक्त सजाय बेरुजु रही फरार रहेकामा भक्तपुरको थिमिबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएकामा अदालतले कारागार चलान गरेको ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो । उने वाग्मती बहुद्देश्यीय सहकारी संस्थामा सर्वसाधारणबाट सङ्कलन गरिएको निक्षेप रकम ठगी गरेका थिए । कुँवरलाई अदालतको आदेशबाट कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु पठाइएको ब्यूरोले जनाएको छ ।
