समाचार

कोरोना संक्रमणबाट आज मृत्यु भएका ७ जना को को (विवरणसहित)

काठमाडौं, १४ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ४ सय ९८ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा २ महिला र ५ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत हो ।

आज मृत्यु हुनेहरुमा ४ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण
१. सुनसरीका ६० वर्षीय पुरुष
२. मोरङका ६० वर्षीय महिला
३. सप्तरीका ३९ वर्षीय पुरुष
४.काठमाडौंका ३४ वर्षीया महिला
५.काठमाडौंका ८६ वर्षीय महिला
६.काठमाडौंका ५४ वर्षीय पुरुष
७.रुपन्देहीका ८२ वर्षीय पुरुष

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *