समाचार

आज ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

काठमाडौं, २१ भाद्र । नेपालमा कोरोना भाइरसका आज ९ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २८ हजार ९ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १८ सय १४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *