समाचार

आज १ हजार ६९ कोरोना संक्रमित थपिए, ७६८ जना डिस्चार्ज

काठमाडौं, १६ भाद्र । नेपालमा कोरोना भाइरसका आज १ हजार ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४० हजार ५ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २२ हजार ८८ जना संक्रमणमुक्त भएका छन् । आज ७६८जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *