मन्त्रिपरिषदको बैठकः कोरोना रोकथामका लागि कडा कदमबारे निर्णय हुने

अ+
अ
अ-

काठमाडौं, १९ साउन । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कोरोना भाइरसको जोखिम बढेसँगै रोकथामका लागि कडा कदम चाल्ने बुझिएको छ ।

आज कोभिड १९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीले केही प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा प्रस्तुत गरेको छ । जसमा सवारीमा जोर बिजोर प्रणालीलगायत छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना जोखिमबारे जानकारी गराउने र चाल्नुपर्ने कदमबारे प्रस्ताव प्रस्तुत गर्ने बुझिएको छ । आजको बैठकमा लकडाउन गर्नेबारे समेत छलफल हुने विश्वस्त स्रोतले बताएको छ ।-File Photo