समाचार

गण्डकी प्रदेशमा थप २१ जनालाई कोरोना संक्रमण, तनहुँको एकै वडाका २० जना

काठमाडौं ३० साउन । गण्डकी प्रदेशका थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित प्रदेशमा संक्रमितको संख्या १६८१ पुगेको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये २० जना तनहुँकै एकै स्थानका छन्।

तनहुँको भानु नगरपालिका-१ का २० जनामा संक्रमण देखिएको हो। उक्त वडाका १४ पुरुष र ६ महिलामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै स्याङ्जा पुतलिबजारका एक ३९ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। रेडियोएनआरएन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *