समाचार

पहिरोले मृत्यु भएका परिवारलाई सहयोग

काठमाडौं, साउन ८ । टोखा नगरपालिकाले गत मगंलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद् व्यवस्थापन समिति निर्माण समेत गर्ने निर्णय गरेको उनले बताएका छन्। ‘वडा विपद् व्यवस्थापन समितिले विपद्को समयमा तत्काल उद्धार तथा सम्बन्धित निकायलाई खबर गर्नेछ”, उनले भने । नगरपालिकाले वडामा आवश्यक पर्ने विपद् व्यवस्थापन सामग्रीका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ । नगरपालिकाभित्र रहेका वडा विपद् व्यवस्थापन समितिले वडाभित्र विपद्का कारण भएको क्षति संकलन गरी तत्काल अस्थायी तटबन्ध निर्माणका लागि वडा कार्यालयले ५० हजार रुपैयाँसम्म रकम दिन पाउने व्यवस्थासमेत गरेको छ । सो रकमभन्दा बढी क्षति भएमा वडाले नगरपालिकाको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर विनियोजन गनुपर्नेछ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *