समाचार

सिमामा बसेका इन्स्पेक्टरअख्तियारका फन्दामा

काठमाडौ, ५ असार । प्रहरी निरीक्षक खेम प्रसाद नेपालसहित ४ जनामाथी २६ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक नेपालसहित ४ जना विरुद्ध २६ लाख ५२ हजार ५९ रुपैयाँ भ्रष्टाचार गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

प्रहरी निरीक्षक नेपाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको पुष्टि भएकोले उनीहरुलाई कानुन बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *