समाचार

रुकुमपश्चिम घट्नालाई लिएर कांग्रेसले संसद अवरुद्ध पार्दै

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको छ । रुकुमपश्चिम घट्नाको सत्य, तथ्य पत्ता लगाई दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग गर्दै आएका कांग्रेस सांसदहरुले तत्काल सर्वदलीय संसदीय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखी आज बस्ने संसद बैठक अवरुद्ध गर्न लागेको कांग्रेसनिकट स्रोतले जनाएको छ । हिजो (बिहीबार) कांग्रेसका केही सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटासँगपनि भेटवार्ता गरेका थिए । File Photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *