समाचार

भिख माग्ने निहुँमा महिला र बालिका बलात्कार गर्दै भारतीय बाबा

इटहरी / बाबाको भेषमा महिला बलात्कार भएको पाइएको छ । बाराको कोल्हवी नगरपालिकाको वडा नम्बर ११ रमपूर्वामा १४ वर्षिया बालिका बलात्कृत भएपछि यो रहस्य सार्बजनिक भएको हो । विगत १५ वर्ष देखि कोल्हवी क्षेत्रमा एक भारतीय नागरिकले वर्ष ५५ को आफू आसाराम बाबाको चेला बताउने झण्डा बाबा भन्ने रामेश्वर शर्माले बालिकालाई बल्तकृत गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ । शर्माले बालिकालाई मन्त्र सिकाईदिने भनी बल्तकार गरिरहेकै अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक बालिष्टर सिंहले बताए । जिल्ला प्रहरी कार्यालय बाराले दिएका जानकारी अनुसार झणडा बाबा भन्ने रामेश्वर शर्माले आफू आसारामको चेला हो भनी कोल्हवी क्षेत्रमा झारफुक गर्ने बाबा हो भनी विश्वास जमाएर बस्दै आएको थियो । शर्माले झारफुक तथा तन्त्रमन्त्र सिकाईने भनी बालिका तथा महिलालाई बोलाई यौन शोषण गर्दै आएका थिए । शर्माले नाबालिकलाई करणी गरेकाले फौजदारी अपराध सहिंता २०७४ अनुसार मुद्दा चलाउने बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *