समाचार

‘हाम्रो लागि हाम्रै नेतृत्व भन्दै’ लोक जनशक्ति पार्टीको महासचिवमा कर्णसिंह बिसि

काठमाडौं, ३१ असार । पीछडिएको क्षेत्रमा हेरिएको कर्णाली प्रदेशको मुगुमा जन्मिएका २५ वर्षिय कर्णसिंह बिसि नव गठित लोक जनशक्तिको महासचिव बनेका छन् ।
रिपोर्टर्सनेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘समाजमा रहेका अन्याय अत्याचार र दमनहरु गणतन्त्रमा अझैपनि बाँकि रहेको भन्दै नयाँ पार्टी दर्ता गरेको बताएका छन् ।

उनले भने,‘नेपालका हरेक आन्दोलनमा दलितहरुको ठूलो योगदान रहँदै आयो तर दलित समुदायको उत्थान हुन सकेन, विगतका आन्दोलनहरुमा जनजाति, उत्पीडितहरुको योगदान रहँदै आयो जनताति मुस्लिम, थारुहरुको मुक्ति हुन सकेन, त्यैसले उल्लेखित समुदाय र वर्गको नाममा राजनीतिक गर्नहरुले राज्यको उचित स्थान पाए तर लक्षित वर्ग समुदाय जहाँको त्यही स्थानमा रहेको छ, अब हाम्रो लागि हाम्रै नेतृत्व भन्ने मुल भावनाकासाथ नयाँ पार्टी दर्ता गरेका छौं ।’

लोक जनशक्ति पार्टीले उठान गर्ने एजेण्डाहरु के के हुन भनेर सोधिएको प्रश्नको जवाफमा महासचिव बिसिले भने,‘पीछडिएको क्षेत्र, वर्ग, दलित, जनजाति, मुस्लिम, थारु लगायत उत्पीडनमा पारिएका समुदायको न्यायका ’boutमा निरन्तर आवाज उठाने छ, गणतन्त्रमा पनि उत्थान हुन नसकेका वर्गको उत्थान गर्नु हाम्रो पार्टीको मुल मर्म हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *