समाचार
चित्त दुखाउँदै बोर्ड अध्यक्षले लेखिन्-‘एउटी महिलालाई सिध्याउन मिटिङ नबस्नुहोला’

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले आफू महिला भएकै कारण न्वारनदेखिको बल लगाएर असफल बनाउन लागिपरेका दाइ, अंकल, बुबाहरुप्रति दया लागेको र आफ्नो चित्त दुखेको बताएकी छिन् । फेसबुकमा निकै लामो स्टाटस लेख्दै बोर्ड अध्यक्षले भनेकी छिन्-‘नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाई महत्वपूर्ण मैले कहिलेपनि मानेकी छैन । मैले कहिले संचारमन्त्रीको अगाडि हिन्दी चलचित्रको पक्षमा बोले ?’
केही फुर्सदिला व्यक्तिहरुको कारणले बक्स अफिस लगाउन नदिने खेल भैरहेको भन्दै उनले आफ्नो कार्यकालमा जसरी पनि बक्स अफिस लगाइ छाड्ने अडान दोहोर्याएकी छिन् । बोर्ड अध्यक्ष पौडेलले लेखेकी छिन्-‘बक्स अफिस सम्पूर्ण निर्माताहरुको माग हो र नेपाली चलचित्र जगतको आजको आवश्यकता पनि हो ।’