समाचार
सुनकोशी नदिको किनारामा बालिकाकाे शब फेला
खोटाङ / खोटाङमा बालिकाकाे शब फेला परेकाे छ । उदयपुर रौतामाई-३ बस्ने मान बहादुर राईको छोरी १३ बर्षीया भावना राई मृत अवस्थामा फेला परेकी हुन् । गत पुष २६ गते कोही कसैलाई जानकारी नगराई घरबाट हिडेकी भावनालाई खोटाङ हलेसी तुवाचुङ-५ स्थित सुनकोशी नदिको किनारामा स्थानीय बासीहरुले मृत अबस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घटना बारे थप अनुसन्धान भईरहेको जनाइएकाे छ।

