भिडियो पोस्टमा छ, अलिक तल हेर्नुहोला ।
भिडियो हेर्नु भन्दा पहिले तपाईले यो लेख पढ्नु भयो भने थप जानकारी प्राप्त हुनेछ भने भिडियोमा देखाइएका कुराहरु पनि स्मरण रहन्छ । हुन त फ्राइड राइसका लागि हामीलाई सम्झन गाह्रो हुने कुरा केहि पनि हुदैनन् ।
पक्कै पनि तपाईहरुलाई फ्राइड राइसका बारेमा वा भात कसरी भुटिन्छ भन्ने थाहा नै छ । यसै पनि भात सबै नेपालीहरुको लोकप्रिय खाना हो । हामी नेपालीहरुकोमा दिनमा दुई पल्ट भात पाक्छ । भात नभइ हामी नेपालीहरुको खाना तयार हुदैन ।
अचम्मको कुरा के हुन्छ भने दिनमा दुई पल्ट खाइने र बनाइने भए पनि बेला बखत हाम्रोमा भात उब्रिन्छ । यसरी उब्रिएको भातलाई फाल्नुको साटो यसलाई भुटेर खाने चलन छ । यहि भुटेको भातलाई सहि तरिकाले पकाउँने हो भने निकै स्वादिलो हुने गर्छ ।
यहाँ हामी उब्रिएको भातलाई मिठो पारेर भुट्ने तरिकाको जानकारी दिन गइरहेका छौँ । आशा छ, तपाईलाई यो उपयोगी हुनेछ ।
भेज फ्राइड राइसको लागि याद गर्नु पर्ने कुराहरु :
फ्रोजन मटरले पकाउने विधिमा पूर्ण रुपमा काम गर्दछ, ताजा मटरको खोजीगर्न अनिवार्य छैन ।
क्यानमा राखिएको मटर चाहिँ प्रयोग नगर्नुहोला किनभने यसको रङ्ग र स्वादमा त्यति उपयुक्त हुदैँन्
भर्खरै पकाएको चामल धेरै नरम हुन्छ र यसलाई भुट्न ग्राहो हुन्छ ।
सबै चरकारीहरुलाई सानो सानो टुक्रा र एकैनास गरेर काट्नुहोला ताकि सबै सँगै पाकोस् ।
भुटेको भातमा हुने पोषण:
प्रोटिन – प्रोटिनका लागि टोपूm, पनिर वा चिकेन यदि हजुरहरु मांसाहारी हुनुहुन्छ भने ।
तरकारीहरु – हजुरहरुले हरियो तरकारीहरु जस्तै मटर, ब्रोकाउली, गोबी, सिमला मिर्च, बोडी, गाजर, लसुन अथवा प्याजको पात ।

फ्राइड राइस तयार पार्न आवश्यक सामाग्रीहरु –
– कचौरा चिसो भात
– चम्चा घ्यूँ
-मसिनो गरेर काटेको प्याज
-खुसार्नी वा स्वादअनुसार
-चम्चा नुन वा स्वादअनुसार
-चम्चा सोया सस
-कचौरा हरियो तरकारी
– हरियो तरकारीमा सिमी, मटर, गाँजर, फुलगोबी र सिमला मिर्च
– थोरै स्वादअनुसार कालो मरिचको धूलो
फ्राइड राइस बनाउँने प्रक्रिया –
पहिले १ चम्चा घ्यू तताउनुहोस् र त्यसमा जिरा, प्याज र लसुन फ्राई गर्नुहोस् । जब यो नरम हुन्छ तब सबै तरकारीहरु थप्नुहोस् अनि यसलाई काँचोपन हराउँदासम्म पकाउनुहोस् । स्वादअनुसार नुन र कालो मरिचको धूलो थप्नुहोस् र त्यसपछि सोया सस लाई राखेर राम्रोसँग मिलाउनुहोस् । अब भातलाई थप्नुहोस् र अन्तिममा लसुनको पात लाई थपेर मिलाएपछि हाम्रो भेज फ्राइड राइस तयार हुन्छ ।
यो सम्पुर्ण सामग्री हामीलाई युट्युब च्यानल Men’s Kitchen Room बाट उपलब्ध गराइएको हो । Men’s Kitchen Room युट्युब च्यानलमा तपाईहरुको दैनिक जीवनमा प्रयोग हुन सक्ने देखि विशेष अवसरमा बनाइने विशेष परिकारहरु पनि बनाउँन सिकाइन्छ ।
घरमा प्रयोग हुने मरमसला र खानेकुराहरुको उपयोगबाट बनाइने परिकारहरु घरमा बनाउँने हो भने घरका सदस्यहरु बिच आत्मियता पनि बढ्छ । यसैले हाम्रो अनुरोध छ कि घरमा यस्ता परिकारहरु बनाउँन सिक्नुहोस् र स्वादिलो खानाहरु खानुहोस् ।



