अष्ट्रेलियाको डडेलोः धुवाँले सास फेर्न कठिन

अ+
अ
अ-

न्यू साउथ वेल्समा १२८ कि.मी प्रति घण्टा बहेको हावाका कारण ठूलो डढेलो लागेको अधिकारीहरुले बताउँछन् । भिक्टोरिया प्रान्तमा त सैनिक हेलिकप्टरहरु नै स्थानीय बासीलाई सहयोग गर्न खटाइएको बताइन्छ ।

गत सेप्टेम्बरबाट हालसम्म २३ जना व्यक्तिको आगोको कारण मृत्यु भएको जनाइएको छ ।अधिकारीहरु का अनुसार आगोको कारण १२०० घरधुरी नष्ट हुनुका साथै हजारौं विगाहा जमीन ध्वस्त भएको बताइन्छ ।
 
अग्नि नियन्त्रक अधिकारी शेन भिट्जसेमोन शनिबारको आगोले सयौं वासस्थान जोखिम भएको पुष्टि गरेका छन् । नियन्त्रकहरु आगोबाट निस्केको धुवाँले विरामी परेको बताइन्छ ।

अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले ३००० कर्मचारी अग्नि नियन्त्रण गर्न खटाइएको बताएका छन् । उनले आफ्ना नागरिकलाई आगो भएको ठाउँमा हिडडुल नगर्न आग्रह गरेका छन् ।