कृष्णदासबाट बलात्कृत महिला भन्छिन् , ‘डिएसपी विनोद शर्माले पटक पटक मुद्दा फिर्ता लिन दवाब दिए’

अ+
अ
अ-

इटहरी / सिद्धबाबा भनिने कृष्ण बहादुर गिरीले बलात्कार गरेको भनिएकी महिलाले आँफूलाई प्रहरीले साथ नदिएको बताएकी छिन् । साेमबार जिल्ला अदालत सुनसरीका न्यायधीश राधाकृष्ण उप्रेतीको एकल इजलाशले बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै संगै पिडितले न्याय नपाएको भन्दै सुनसरीको इटहरीमा पत्रकार सम्मेलनका क्रममा उनले साे कुार व्यक्त गरेकी हुन् । उनले सुनसरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) विनोद शर्माले पटक पटक मुद्दा फिर्ता लिन दवाब दिनुका साथै प्रलोभन देखाएको आरोप समेत लगाएकी छिन् । डिएसपी शर्माले बयान फेरेको र आफुमाथी अन्याय गरेको उनको आरोप छ । शर्माले आफ्ना श्रीमान्लाई काठमाण्डौमा भेटेर पैसा, अपार्टमेन्ट, सरकारी जागिर र कार दिने प्रलोभन देखाएको उनले बताइन् । धर्मको खोल ओडेर बल्तात्कार जस्तो जघन्य अपराध गर्नेलाई अदालतले धरौटिमा रिहा गरे पछि न्यायको पनि बलात्कार भएको पिडितले बताएकी छिन् । आफुले न्याय नपाए अाफु चुप लागेर नबस्ने भन्दै उनले उच्च अदालत, सर्वोच्च, अन्तराष्ट्रिय अदालत समेत जाने बताइन् । पछिल्लो समय आफुमाथि थुप्रै सुरक्षा चुनौती बढेको प्रहरीमा जानकारी गराउँदा वास्ता नगरेकाे भन्दै उनले सुरक्षाको माग समेत गरेकी छिन् ।