समाचार

यी हुन् राष्ट्रियसभामा गण्डकी प्रदेशका उम्मेदवार

काठमाडाैं : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । आगामी माघ ९ गते हुने निर्वाचनका लागि विहान १० देखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।

उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत,तथा जिल्ला निर्वाचन कार्यालयमा  स्थापना भैसकेको छ ।

यी हुन गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार 

नेकपा –

नारायणकाजी श्रेष्ठ र भगवती न्याैपाने 

गण्डकी प्रदेशबाट नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने उम्मेदवार बनेका छन्। श्रेष्ठ पूर्व माओवादी र न्यौपाने पूर्व एमाले हुन्। न्यौपाने तनहुँबाट मेयरमा उठेर पराजित भएकी थिइन्। श्रेष्ठ पनि गोरखामा प्रतिनिधि सभामा चुनावमा डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए। श्रेष्ठ गाेरखाका हुन भने न्याैपाने तनहुँकी हुन्।

कांग्रेस

सूर्यप्रसाद रेग्मी  
विमला गौचन  

कांग्रेसबाट उम्मेदवार बनेका रेग्मी स्याङ्जाका हुन भने गाैचन म्याग्दीकी हुन्।

किन हुँदैछ निर्वाचन ?

आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ। ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ। राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ। राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ।

सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ।

याे निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्यहरूले भाेट हाल्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *