समाचार

सुनको मूल्य स्थिर,चाँदी घट्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । हिजो छापावाला सुन प्रतितोला ७३ हजार ५ सय र तेजाबी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि सोही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सुनको मूल्य स्थिर रहे पनि चाँदीको भाउ भने घटेको छ । हिजो प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज भने १० रुपैयाँले घट्दै ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *